विराटनगर । महेन्द्र मोरङ क्याम्पस मानविकी संकायमा रिक्त सहायक प्रमुखका लागि तीन जनाको प्रतिस्पर्धा भएको छ । सो पदका लागि डा सुशील अधिकारी, डा सत्यनारायण साह र सञ्जय ठाकुर प्रतिस्पर्धामा छन् ।
सहायक प्रमुख छनोटका लागि डा देवीबहादुर थापा संयोजकरहेको तीन सदस्यीय समिति गठन भएको र सो समितिले रिक्त पदमा गरेको आह्वान गरे अनुसार आवेदन दिएका तीनै जनाको अन्तरवार्ता पनि लिइसकेको जनाइएको छ ।
आवेदक डा अधिकारी निवर्तमान सहायक प्रमुख हुन् । उनी अर्को व्यवस्था नहुन्जेलका लागि सोही पदमा कार्यरत छन् ।
डा साह बीआईसीटीई कार्यक्रम र अनुसन्धान व्यवस्थापन समिति (रिसर्च म्यानेजमेन्ट सेल) लगायतमा कार्य गरेको अनुभव छ ।
ठाकुर सहायक प्रमुखमा नियुक्त भए उनको शैक्षिक प्रशासनिक पदमा लिएको पहिलो जिम्मेवारी (नियुक्ति) हुने छ । दुई डाक्टरको भीडन्तले ठाकुर सहायक प्रमुखमा नियुक्त हुन पनि सक्ने प्राध्यापकहरु बीचमा चर्चा छ ।
मोरङ क्याम्पसमा मानविकी र विज्ञान संकायमा एक–एक र व्यवस्थापन संकायमा दुई सहायक क्याम्पस प्रमुख कार्यरत छन् ।
यसभन्दा अगाडि क्याम्पस प्रमुखको सिफारिसमा त्रिवि रजिस्ट्रारले सहायक प्रमुख नियुक्त गर्ने व्यवस्था रहेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको नयाँ कार्यविधिले प्रतिस्पर्धाबाट नयाँ नियुक्ति गर्ने नीति अनुसार तीन जनाले आवेदन दिएका थिए ।
आवेदक तीनै जना नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघसँग आवद्ध छन् । डा साह क्याम्पस एकाईं समितिका सभापति हुन् ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved