Biratnagar, Morang, Nepal
२८ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
२८ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पुर्‍याएको योगदान र सहकार्य महत्वपूर्ण रहेको बताएका छन् । 

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै भने, “कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रह्यो । यो मेरो लागि महत्वपूर्ण विषय हो ।”

उनले आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

यसैबीच, नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीसँगै रहेका छन् ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित ५ जना मन्त्री थिए ।

मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जानकारी दिएका छन् ।

View : 28

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved