विराटनगर । लिलिपुट स्कुलले विज्ञान तथा प्रविधिको रचनात्मक सामाग्रीहरूको दुईदिने ‘कारखाना विज्ञान प्रदर्शनी’ गरेको छ । कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित रही विभिन्न सामग्रीहरूको प्रदर्शनी गरेका हुन् ।
प्रदर्शित सामग्रीहरूको अभिभावकहरूले रुचिपूर्वक अवलोकन गरेको विद्यालयका प्रिन्सिपल चिरञ्जीवी तिम्सिनाले बताए ।
प्रदर्शनीलाई खेलसँग जोडी पुरस्कार समेत राखेका कारण हरेक स्टलमा सहभागीहरूको आकर्षण रहेको उनले जानकारी दिएका छन् ।
उनका अनुसार म्याग्नेटिक मेज एडभेन्चर, पार्टी पोपर, क्याटापुल्ट, सन्लाइट एण्ड स्याडो, एलईडी ग्रिटिङ कार्ड, स्पिनकप्टर, विन्ड डाइरेक्सन डिटेक्टर लगायतका प्रयोगात्मक प्रदर्शनीलाई अभिभावकहरूले विशेष अभिरुचिपूर्वक नियालेका थिए ।
यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइ उजागर गर्ने र अभिभावकसँगको साक्षात्कारमार्फत आत्मविश्वास अभिवृद्धि हुने, प्रेरणा जाग्ने र व्यवहारिक सिकाइको सन्देश समाजमा जाने विश्वास प्रिन्सिपल तिम्सिनाले व्यक्त गरेका छन् ।
View : 97
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved