Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बखरी विद्यालयको ४०औं वार्षिकोत्सवमा विद्यार्थीलाई ट्रयाकसूट र छात्रवृत्ति वितरण

उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

विराटनगर । विराटनगर–१२  स्थित  बखरी आधारभूत विद्यालयको४०औं वार्षिकोत्सवमा विद्यार्थीहरूलाई पोशाक र जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ । 

सो अवसर पारेर नेपाल ग्रामीण विकास समाज केन्द्रले सो विद्यालयका ५० छात्रछात्राहरूलाई ट्रयाकसूट वितरण गरिएको छ । 

विद्यार्थीहरूलाई जाडो मौसममा राहत पुगोस् र विद्यालय पोशाकमा एकरूपता आओस् भन्ने उद्देश्यले सो सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालले बताए ।

सोही कार्यक्रममा ‘गुणगोपाल अज्र्याल स्मृति अक्षयकोष’ बाट तीन जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति स्वरूप प्रतिछात्रा नगद २ हजार ५०० रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको हो ।

नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्याल, श्रीमती गायत्री अज्र्याल लगायतले विद्यार्थीहरूलाई ट्रयाकसूट र छात्रवृत्ति रकम वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष अज्र्यालले विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीहरूको प्रोत्साहनका लागि आफूहरूले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति थियो ।

View : 356

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved