Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

सत्यनारायण माविलाई दुई लाख मूल्यका डेस्क बेन्च हस्तान्तरण

उद्‌घोष संवाददाता
१९ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा दुई दाता परिवारले बिहीबार दुई लाख रुपैयाँ मूल्यका २२ थान डेस्क बेन्च हस्तान्तरण गरेका छन् । 

स्वर्गीय घनश्याम राठीको स्मृतिमा श्रीमती कमला राठीले प्रदान गरेका एक लाख रुपैयाँ बराबरका ११ थान र स्वर्गीय मिरा गुरुङको स्मृतिमा सोही विद्यालयका पूर्व प्रधानाध्यापक तुलाराम गुरूङको तर्फबाट बहिनी सीता गुरुङले एक लाख मूल्यकै ११ थान डेस्क बेञ्च बिहीबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आयोजित कार्यक्रममा दाता परिवारहरूले डेस्क बेञ्च हस्तान्तरण गरेका हुन् ।

दाता परिवारका तर्फबाट बोल्दै राजेन्द्र राठीले विराटनगरको पुरानो सरकारी विद्यालय भएको र आफ्नो परिवारका धेरै सदस्यहरूले समेत यही विद्यालयमा अध्ययन गरेको जानकारी दिंदै विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साहले विराटनगरका राठी परिवारसहित धेरैको बलबुताबाट स्थापित भएको अहिलेको सत्यनारायण माध्यमिक विद्यालयलाई अझ राम्रो बनाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुँदै आएको बताए । 

कार्यक्रममा सोही विद्यालयका पूर्वप्रधानाध्यापक धर्मानन्द खरेलले विद्यालयको अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन दाता परिवारहरूले ठुलो योगदान गरेको बताए ।

विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराईले विद्यालयमा भर्खरै मात्र नयाँ भवन निर्माण भएको र त्यसको माथिल्लो तलाका कक्षा कोठामा डेस्क बेञ्च अभाव रहेको बेलामा दाता परिवारले ठुलो सहयोग प्रदान गरेको बताए । 

दाताहरूबाट प्राप्त भएका डेस्क बेञ्च हलुका र चिल्ला भएका कारण विद्यार्थीहरू बस्न र पढ्न लेख्न निकै सजिलो हुने अपेक्षा लिइएको उनले जानकारी दिए ।

View : 15

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved