विज्ञानले प्रमाणित गरिसकेको छ कि योग शारीरिक, मानसिक र सामाजिक रूपमा स्वास्थ्य सुधार गर्ने एक प्रभावकारी उपाय हो । यसको नियमित अभ्यासले तनाव कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, शरीरको सन्तुलन कायम राख्न र समग्र जीवनशैलीलाई सकारात्मक बनाउन सहयोग पु-याउँछ । त्यसैले, योग गर्नु आजको व्यस्त जीवनशैलीमा एक आवश्यक अभ्यास हो ।
योग केवल धार्मिक वा सांस्कृतिक जागरण मात्र होइन, यो आधुनिक विज्ञानले समेत प्रमाणित गरेको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्ने एक अत्यन्तै प्रभावकारी अभ्यास हो । धर्मशास्त्रहरूमा यसको महत्व सयौं वर्षदेखि व्याख्या गरिएको छ भने, आजको वैज्ञानिक अनुसन्धानले पनि यसका अनगिन्ती फाइदाहरू पुष्टि गरेको छ ।
विज्ञानको नजरबाट योगको महत्व
मानसिक स्वास्थ्य सुधार : हार्वर्ड मेडिकल स्कूल अमेरिकाका अनुसार, योगले तनाव कम गर्छ, विशाद र चिन्ता घटाउँछ ।
योग गर्दा शरीरमा कोर्टिसोल जस्तो तनाव कम गर्ने हर्मोनको मात्रा बढ्ने प्रमाण छ । साथै, ध्यान र श्वास–प्रश्वास नियन्त्रणले मनलाई शान्त बनाउँछ ।
हृदय स्वास्थ्यमा लाभ : अमेरिकी मुटुरोग एसोसिएसनका अनुसार, योगले रक्तचाप र मुटुको धड्कन कम गरेर हृदयाघातको जोखिम घटाउ“छ । योगले रक्तसञ्चार राम्रो बनाउँछ र शरीरमा अक्सिजन आपूर्तिलाई सन्तुलनमा राख्छ ।
लचकता, शक्ति र सन्तुलन सुधार : भारतको राष्ट्रिय स्वास्थ्य संस्थानको एक अध्ययनमा, ८ हप्ताको योग अभ्यासपछि शरीरको लचकता र मांसपेशीको शक्ति उल्लेखनीय रूपमा बढेको देखिएको छ । नियमित आसनले शरीरका मांसपेशी, जोर्नी र हड्डीहरूलाई सक्रिय र सन्तुलित राख्छ ।
निद्रामा सुधार : जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, योग अभ्यास गर्नेहरूले गहिरो निद्रा पा््उने सम्भावना बढी हुन्छ । योगले स्नायु प्रणालीलाई शान्त पार्छ र मस्तिष्कलाई विश्राम दिन्छ, जसले राम्रो निद्रा ल्याउँछ ।
प्रतिरोधात्मक क्षमता वृद्धि : एक वैज्ञानिक अनुसन्धान अनुसार, योगले शरीरको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्छ । योगले तनाव घटाउँछ, रक्त प्रवाह सुधार गर्छ, र कोषिका स्तरमा स्वास्थ्य वृद्धि गर्छ ।
ओ३म् ।
(विराटनगर योग दर्पण–२०८२)
(लेखिका गंगा भट्ट पाण्डे पतञ्जली योग समितिकी योग प्रशिक्षक हुन् ।)
View : 273
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved