काठमाडौं । बर्लीहोम एप्लायन्सले नेपालमा आधिकारिकरूपमा १७ आधुनिक एयरकुलरहरू सार्वजनिक गरेको छ ।
गत सोमबार काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको कार्यक्रममा सीजी कर्पग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्लीहोम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले उत्पादित वस्तुहरूको अनावरण गरेका हुन् ।
कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नया उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजना सुनाएका थिए ।
बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन् ।
बर्लीले नेपाली बजारमा प्रवेशसंगै सीजी इलेक्ट्रोनिक्सलाई आफनो आधिकारिक एक मात्र वितरकको रूपमा नियुक्त गरेको छ ।
View : 87
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved