काठमाडौँ । सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।
युवा तथा समाजसेवी नाम्गेल शेर्पा र सुजता तामाङको संयुक्त पहलमा ‘स्केट पार्क’ सञ्चालनमा ल्याइएको हो ।
नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा रु ६५ लाख लगानी भएको छ ।
“बालबालिका तथा युवालाई खेलकुदमा जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो”, उनले भने, “पार्कमा अहिले युवा तथा बालबालिकाको आकर्षण बढ्दो छ ।”
स्केट अन्तरराष्ट्रिय खेल पनि भएको उल्लेख गर्दै शेर्पाले विकट क्षेत्रमा यो सञ्चालन चुनौतीपूर्ण भएको बताए ।
उनले यस खेलमार्फत बाह्य पर्यटक पनि आकर्षित गर्न सकिने धारणा राखे ।
असार पहिलो साताबाट सञ्चालनमा आएको पार्कमार्फत यहाँको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको स्थानीय साङ्गे शेर्पाले बताए ।
“कोरोना महामारीपछि लगानीको वातावरण नबनेको अवस्थामा ठूलो लगानीमा सोलुखुम्बुमा पार्क निर्माण हुनुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास छ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ”, उनले भने ।
पार्क सञ्चालनमा आएपछि मोबाइलमा ‘गेम’ खेल्ने बालबालिकाहरु पार्कमा आउन थालेको उनको भनाइ छ ।
View : 534
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved