Biratnagar, Morang, Nepal
९ फागुन २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

अर्किड र ग्रिनपिस क्वाटरफाइनलमा

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

विराटनगर । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ ।

पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

पहिलो ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । 

१ सय ७८ रनको लक्ष्य पछ्याएको विनायकले १४ औं ओभरमा सवै विकेट गुमाई ८५ रनमा सीमित भयो । 

दोस्रो खेलमा ग्रिनपिस स्कुलले सत्यनारायण स्कुललाई ४७ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो  ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यनारायणले १५ ओभरमा सवै विकेट गुमाई ८५ रनमा सीमित भयो ।

View : 57

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved