विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता–२०८१’ को दोस्रो दिनका खेलमा क्याडेट पुरुष एकलतर्फ एभरेष्ट स्कुलका रेहान यादव प्रथम, बीकेभीएएमका ऋषि साह द्वितीय, पोखरिया माध्यमिक बिद्यालयका रक्ष बुढा र पिटर प्यानका नीरजंग थापा तृतीय भएका छन् ।
क्याडेट छात्रा एकलतर्फ श्रीश्री रविशंकर विद्या मन्दिरकी प्राप्ती सेढाईं प्रथम, अरनिकोकी स्वर्णिमा कोइराला द्वितीय, अरनिकोकै साइना अधिकारी र सेन्ट मेरिजकी अध्येता गौतम तेस्रो भएका छन् ।
सब–कनिष्ठ छात्रा एकलतर्फ श्रीश्री रविशंकर बिद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम भइन् भने एभरेष्टकी आशना कटवाल द्वितीय तथा बुढानिलकण्ठकी मानसी तामाङ र सेन्ट मेरिजकी आर्या पराजुली संयुक्त रुपमा तेस्रो भए ।
सब–कनिष्ठ छात्र एकलतर्फको सेमिफाइनल स्पर्धामा अरनिको स्कुलका आयुद्ध भण्डारीले बुढानिलकण्ठका आयान श्रेष्ठलाई ११–७, ७–११, १३–११, ११–९ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।
कनिष्ठ छात्र एकलतर्फको सेमिफाइनल स्पर्धामा एभरेष्ट स्कुलका सुशान्त मेहताले आप्mनै विद्यालयका सक्षम बस्नेतलाई ११–७, ११–३, ११–७ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।
अर्को सेमिफाइनलमा बुढानिलकण्ठका रुपेश श्रेष्ठले लिलिपुटका श्रीजल प्याकुरेललाई ११–९, १३–११, ११–९ सेट स्कोरले पराजित गरी फाइनलमा पुगे ।
कनिष्ठ छात्रा एकल तर्फको सेमिफाइनल स्पर्धामा सेन्ट मेरिज स्कुलकी विज्ञता थापाले सेन्ट जोसेफकी अनोखी साहलाइ ११–३,११–४,१०–१२,११–८ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् ।
अर्को सेमिफाइनलमा एभरेष्टकी कृपा पोखरेलले बुढानिलकण्ठकी आकृती मगरलाई ११–५,९–११,९–११,१२–१०,११–५ सेट स्कोरले पराजित गरि फाइनलमा पुगिन् ।
बुधबार तेस्रो तथा अन्तिम दिन सब–कनिष्ठ छात्र एकल, कनिष्ठ छात्र एकल र कनिष्ठ छात्रा एकलतर्फका फाइनल खेलहरु सम्पन्न गरिने विराटनगर टेबलटेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिए ।
प्रतियोगितामा विराटनगर महानगरका २२ विद्यालयको सहभागिता छ ।
View : 28
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved