विराटनगर । विराटनगरको जलजला चोकमा आधुनिक जिम तथा नृत्य प्रशिक्षण गर्ने ‘डेजल प्रोडक्सन हाउस प्रालि’सञ्चालनमा आएको छ । करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सो संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने जनाएको छ ।
डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल तथा अन्य बिभिन्न डान्स शैलीको प्रशिक्षण प्रदान गरिने संस्थाका सञ्चालक श्यामदेव साहले जानकारी दिए ।
नृत्य प्रशिक्षणलाई प्रमाणपत्र तहसम्म विस्तार गर्दै यस क्षेत्रका प्रशिक्षार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने योजना बनाइएको उनको भनाइ छ ।
संस्थाका अनुसार जिम तथा डान्स एकेडेमीमा वल्र्ड क्लास ट्रेनरहरूबाट प्रशिक्षण प्रदान गरिनेछ । फिटनेस र नृत्य दुबै स्वास्थ्य र आत्मविश्वासका लागि महत्वपूर्ण छन् ।
फिल्म मेकर तथा कोरियोग्राफर साइमन राजवंशीले डान्स कोर्सहरूबारे जानकारी दिदै भने, ‘डेजल प्रोडक्सन हाउसले पेशागत रूपमा प्रशिक्षण प्रदान गर्दै यहाँका प्रशिक्षार्थीहरूलाई फिल्म तथा म्युजिक भिडियो उद्योगमा अवसर दिलाउने लक्ष्य राखेको छ ।
हामीले विभिन्न स्टेज शो, प्रतियोगिता तथा म्युजिक भिडियोहरूमा प्रशिक्षार्थीहरूलाई सहभागी गराउने योजना बनाएका छौं ।’ डेजल प्रोडक्सन हाउसमा आधुनिक जिम उपकरण, कार्डियो भास्कुलर फिटनेस मेसिन, वेट ट्रेनिङ उपकरण तथा व्यक्तिगत प्रशिक्षण सेवा उपलब्ध छ ।
महेश महर्जनले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् । उनले फिटनेस तथा नृत्य प्रशिक्षण स्वस्थ जीवनशैलीका लागि अपरिहार्य रहेको बताउँदै प्रशिक्षकको निगरानीमा रहेर सही विधिले व्यायाम तथा प्रशिक्षण लिन सबैलाई आग्रह गरे ।
संस्थाले आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरूसँग सहकार्य गर्ने, अवार्ड शो गर्ने तथा म्युजिक भिडियो तथा फिल्मका लागि डान्सर तथा फिटनेस ट्रेनर उत्पादन गर्ने योजना बनाएको जनाएको छ ।
View : 236
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved