विराटनगर । स्विट्जरल्यान्डका प्रसिद्ध हस्पिटालिटी प्रशिक्षक ओलिभियर कुराटले विराटनगर–१० स्थित ग्यालेक्सी होटल म्यानेजमेन्ट कलेजमा प्रशिक्षण दिएका छन् ।
कान्तिपुर कलेजसँगको सहकार्यमा ग्यालेक्सी प्रशासनले होटल म्यानेजमेन्टसम्बन्धी विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रम अध्ययनपछि विद्यार्थीले होटल तथा हस्पिटालिटी उद्योगमा रोजगारीका अवसरसँगै उच्च शिक्षाका लागि विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा क्रेडिट ट्रान्सफरको सुविधा लिन सक्ने कलेजले जनाएको छ ।
स्विट्जरल्यान्ड निवासी कुराटले सोमबार ग्यालेक्सी कलेजको प्रदर्शन हलमा कलेजका निर्देशक तथा शिक्षकलाई प्रशिक्षण दिएका थिए । उनले हस्पिटालिटी क्षेत्रका विविध विषयमा प्रशिक्षण दिएका हुन् ।
त्यस्तै, मंगलबार बिहान महेन्द्र होटलको सभाहलमा ग्यालेक्सी कलेजमा अध्ययनरत ३०० भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।
ग्यालेक्सी कलेजमा एक साताको बसाइका क्रममा कुराटले कलेज सञ्चालन तथा होटल म्यानेजमेन्ट शिक्षाका विभिन्न क्षेत्रमा विशिष्टीकृत प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने कलेजका निर्देशक धीजनबाबु काफ्लेले बताए ।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट हुने प्रशिक्षणले विद्यार्थी तथा शिक्षकलाई हस्पिटालिटी क्षेत्रका नवीन अभ्यास र व्यावसायिक सीपबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्नेछ ।
View : 52
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved