विराटनगर । दसैंलक्षित 'विराट ट्रेड फेयर २०८३' मा देशका नाम कमाएका र जनप्रिय कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् ।
व्पायार प्रवर्द्धनसँगै मेलालाई थप मनोरञ्जनात्मक बनाउने उद्देश्यले असाेज २३ देखि २९ गतेसम्म दैनिक रूपमा शीर्ष कलाकारहरू सांगीतिक प्रसतुतिसहित मञ्चमा उत्रिने भएका छन् ।
आयोजकका समूहका अनुसार सांगीतिक कार्यक्रमको पहिलो दिन असोज २३ गते गायक कमल खत्रीले, २४ गते गायिका अश्मिता अधिकारी, २५ गते गायक महेश काफ्ले, असोज २६ गते गायक तथा संगीतकार राजनराज शिवाकोटीको प्रस्तुति रहनेछ ।
त्यसैगरी असोज २७ गते गायिका अन्जिला रेग्मी, २८ गते गायिका एलिना चौहान र अन्तिम दिन असोज २९ गते गायिका रचना रिमालले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउने भएकी छन् ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved