Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र बहुमुखी क्याम्पसको सहायक प्रमुखमा  मीनबहादुर कार्की  नियुक्त

३० साउन २०८२, शुक्रवार

Advertisement

धरान। महेन्द्र बहुमुखी क्याम्पस, धरानको व्यवस्थापन सहायकको सहायक क्याम्पस प्रमुख पदमा मीनबहादुर कार्की नियुक्त भएका छन्। क्याम्पस प्रमुख क्याम्पस प्रमुख चन्द्रकुमार राईको सिफारिसमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले कार्कीलाई सो पदमा नियुक्त गरेका हुन् ।

भदौ १ गतेदेखि लागू हुने गरी बिहीबार नै उनलाई नियुक्तिको पत्र क्याम्पस पठाइएको छ। आइतबार श्रीकृष्ण रथयात्राको सार्वजनिक बिदा परेकाले उनले सोमबारदेखि मात्रै आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ।
व्यवस्थापन संकायकी सहायक प्रमुखको रुपमा कार्यरत सीता खतिवडाले पदबाट राजिनामा दिएपछि सो पद रिक्त भएको थियो । 

त्रिविको सावधिक पदमा नियुक्तिको मापदण्डअनुसार महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरूलाई प्राथमिकता दिने नीतिअनुसार कार्कीलाई नियुक्त गरिएको हो। धरान–११, चतरालाइन निवासी कार्कीले वि।सं। २०६० सालदेखि प्राध्यापन गर्दै आएका छन्।

View : 944

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved