एक तस्वीरले देखाएको वास्तविकता
एनपीएल सिजन–२ अन्तर्गत कीर्तिपुरमा सम्पन्न लुम्बिनी लायन्स र चितवन राइनोजबीचको चौथो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको क्षण खेलप्रेमीका लागि खुसीको विषय बन्यो ।
तर खेलको नतिजाभन्दा बढी चर्चामा रह्यो मैदानको बाहिरी भागमा व्हिलचेयरमा बसेर उत्साहपूर्वक रमाइरहेका एक युवा, जसको तस्वीर सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बन्यो ।
सो तस्वीरमा उनी दर्शक कुर्सी तथा पहुँचयुक्त स्थानभन्दा टाढा, चारैतिर फलामले घेरेको एक असुविधाजनक भागमा बसेका देखिन्छन् ।
सम्भवतः कसैको सहायतामा मात्र उनी त्यहाँसम्म पुगेका हुन सक्छ । मिडियाले सो तस्वीरलाई टीआरपी बढाउने सामग्रीका रूपमा प्रयोग गरे पनि यसले देशमा पहुँचयुक्त खेल संरचनाको अभाव फेरि उजागर गरेको छ ।
विसं २०६९ सालदेखि लागू गरिएको ‘पहुंचयुक्त भौतिक संरचना तथा सेवा निर्देशिका’ ले सार्वजनिक स्थल, भवन तथा सेवाहरू सबैका लागि समावेशी र पहुँचयोग्य हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर कीर्तिपुर क्रिकेट मैदानको वास्तविकता हेर्दा निर्देशिका कार्यान्वयन अझै कमजोर देखिन्छ ।
सामाजिक सञ्जालमा उठेका प्रश्नहरू यथार्थमा बने–
एनपीएलको उत्साहका बीच, यस घटनाले नेपालमा समावेशी र पहुँचयुक्त संरचना निर्माण अत्यावश्यक भएको सन्देश फेरि एक पटक औल्याएको छ ।
(आकृति रानी फुयाल सामुदायिक पुनर्स्थापना केन्द्र ‘सीबीआर’ विराटनगरकी समिति सदस्य हुन् ।)
View : 447
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved