विराटनगर । विराटनगर–७ सहिद रंगशालास्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा गत शनिबार दिउँसै चोरी भएको घटनाको सीसीटीभी सार्वजनिक भएको छ ।
बोर्डको कार्यालयमा बिदाको दिन पारेर कवाडी संकलन बोरा बोकेको दुई महिला र दुई पुरुषको समुहले चोरी गरेको जनाइएको छ ।
उक्त समुहले बोर्डको गेटमाथिबाट प्रवेश गरी कार्यालयभित्रका धाराका टुटीलगायतका सामान चोरी गरेका हुन् ।
बोर्डका सदस्य सचिव विप्लव घोषले कार्यालयभित्र प्रवेश गरी सरसामान चोरी गरेको सीसीटीभीबाट थाहा भएको बताए ।
‘बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको देखिन्छ, उनीहरूले गेटभित्र प्रवेश गरी ढोका समेत फुटाएका छन्’ घोषले भने, ‘कार्यालयको धाराको टुटीहरू खोलेर लगेको पाइएको छ ।’
सीसीटीभी फुटेजसहित जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइसकेको सदस्य सचिव घोषले बताए ।
View : 67
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved