Biratnagar, Morang, Nepal
२० असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

ट्रकसहित २ हजार ५ सय ६६ किलो गाँजा बरामद, दुई पक्राउ

उद्‌घोष संवाददाता
१९ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले ट्रकसहित २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको छ ।

अस्थायी प्रहरी पोस्ट सखुवागाछी सुनसरी र ट्राफिक प्रहरी कार्यालय इनरुवा सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी चेकिङ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार ट्रकको भित्रपट्टि लुकाई राखेको लागूऔषध गाँजाजस्तो देखिने पदार्थ १३ वटा बोरा फेला परेको थियो । बोरासहित तौल गर्दा उक्त पदार्थको कुल तौल २ हजार ५ सय ६६ किलो ५६० ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक धनकुटा शहीदभूमि गाउँपालिका–२ बस्ने ३३ वर्षीय राजु राई र सहचालक १८ वर्षीय सन्दिप राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनासहित ट्रक र बरामद लागूऔषधलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 50

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved