Biratnagar, Morang, Nepal
११ फागुन २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मनोपरामर्शका लागि विराटनगरमा थपियो अर्को संस्था

उद्‌घोष सम्वाददाता
१० फागुन २०८१, शनिवार

विराटनगर । मानसिक तथा मनोसामाजिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी विराटनगरमा ‘मेन्टल हेल्थ एक्सन नेपाल’ नामको संस्था स्थापना भएको छ । मानसिक तथा मनोसामाजिक समस्यालाई न्यूनीकरण तथा समस्या प्रभावित भएका व्यक्तिलाई मनोपरामर्श सेवा प्रदान गर्ने उद्देश्यले उक्त संस्था स्थापना भएको हो ।

संस्थाले मनोपरामर्श सेवा प्रदान गर्ने तथा मानसिक तथा मनोसामाजिक स्वास्थ्यका विभिन्न तालिमहरू गर्ने संस्थापक मोनिका खड्काले जानकारी दिइन् । संस्थाले हालै ६ महिने तालिम सुरु गरेको उनले बताइन् । 

View : 185

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved