विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको प्रमाण–पत्र आवश्यक छानविनका क्रममा यादवले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्सेज (पुकमास) मा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगर (पुसोम) मा स्थायी नियुक्ति पाउनका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिविएसई) अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाण–पत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।
यादवले नक्कली शैक्षिक प्रमाण–पत्रका आधारमा मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
View : 517
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved