Biratnagar, Morang, Nepal
२८ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

देउवा आज स्वदेश फर्किँदै

उद्‌घोष संवाददाता
२८ साउन २०८३, बिहिवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् ।

देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ । 

देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए ।

उनी थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved