Biratnagar, Morang, Nepal
५ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

लागुऔषधसहित सात पक्राउ

उद्‌घोष संवाददाता
५ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध तथा प्रतिबन्धित औषधिसहित सात जनालाई पक्राउ गरेको छ । 

झापाको हल्दिबारी गाउँपालिका–२ कदमचोकबाट भद्रपुर नगरपालिका–७ का २८ वर्षीय सुवास राजवंशीलाई प्रहरीले १ ग्राम ५५ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी हल्दिबारीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको इटहरी–८ बाट प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–५ का २६ वर्षीय निकेश माझी, इटहरी–८ का २२ वर्षीय युवराज विक, मोरङ केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका–८ का २१ वर्षीय सन्देश राउत छन् ।

उनीहरूको साथबाट प्रहरीले ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन १ हजार २३० ट्याब्लेट, खैरो हेरोइन ६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल तथा नगद ५३ हजार २१० रुपैयाँ बरामद गरेको जनाएको छ ।

यस्तै, सुनसरीको धरान–१६ बाट २१ वर्षीय विदुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट स्पास्पेन ४२८ ट्याब्लेट र ट्रामोल ५४८ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

View : 27

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved