विराटनगर । सप्तकोशी सेकेन्डरी स्कुल विराटनगर–८ ले आफ्नो १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ । कक्षा शिशु (नर्सरी) देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य, नाटक, विभिन्न जातजातिको भेषभूषाका साथै स्काउटका अभ्याससमेत प्रस्तुत गरी मनोरञ्जन दिएका थिए ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थी वर्गले सप्तकोशीले जस्तै रचनात्मक कार्य गर्दै पढाइलाई जीवनसँग जोड्नु पर्ने बताए । सिकाइ जीवनसँग, रोजगारसँग र समाजसँग जोड्न सके मात्र वास्तविक प्रमाणपत्रमा ए प्लस आएको सार्थकता हुने बताए ।
कार्यक्रमका प्याव्सन बिराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले अबको शिक्षा प्रविधिसँग जोडिनु पर्छ भन्दै १२ कक्षापछि विदेश जाने लर्को रोक्न निजी विद्यालय सचेत रहेको बताए ।
विद्यालयका संस्थापक प्राचार्य युवराज अधिकारीले विद्यालय अभिभावकहरुले थोरै भए पनि आफ्ना सन्तानलाई अतिरिक्त समय दिएमा थप सुनमा सुगन्ध हुने बताउँदै महानगरमा सप्तकोशीलाई अब्बल विद्यालय बनाउनेतर्फ लागिरहेको बताए ।
कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष मोहन बुढाथोकी र पुस्तक तथा शैक्षिक सामग्री ब्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले विद्यालयको थप उन्नति एवं प्रगतिको शुभकामना व्यक्त गरेका थिए । विद्यालयकी अध्यक्ष राधा अधिकारीले सप्तकोशीमा भर्ना भएका विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय परिवार दिलैदेखि लागिपरेको बताइन् ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत सप्तकोशीले बेलाबेलामा विद्यार्थीका लागि विद्यालय परिसरमा खाद्य महोत्सव र विज्ञान प्रदर्शनी पनि गर्दै आएको छ ।
View : 580
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved