विराटनगर । रमपम विराट गोल्डकपको पहिलो क्वाटर फाइनल पार गरेर नेपाली सेनाको त्रिभुवन आर्मी क्लव सेमीफाइनल प्रवेश गरेको छ ।
भारतको कोलकाता क्लवलाई जितेर आएको रिजालको मोरङ फुटवल क्वललाई शून्यका बिरुद्ध एक गोलले पराजित गरेर आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको पूवाद्र्धको ३७ औं मिनेटमा आर्मीका निरज चौधरीले गोल गरेका थिए । आर्मीलाई गोल फर्काउन मोरङले उत्तरार्धमा निकै प्रयास गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आर्मीका गोलरक्षक विकेस कुथू घोषित भए । उनले नगद ११ हजार पाएका छन् । यसअघिको खेलमा भारतको दिल्ली सुदेवा क्लवलाई पराजित गरेर सशस्त्र प्रहरीको एपीएफ क्लव क्वाटर पाइनलमा प्रवेश गरेको छ । दिल्लीलाई एपीएफले पेनाल्टी सुटमा ३ का बिरुद्ध ५ गोल प्रहार गरेको छ ।
गोल्डकपमा भारतका दुई टीम सहभागी भएकोमा दुबै पहिलो खेलबाटै बाहिरिएपछि नेपाली टीम मात्रै रहेका छन् ।
बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुँदैछ । नेपालकै सर्वाधिक राशी भएको यो गोल्डकपको पुरस्कारको रकम भनें घट्दै गएको छ ।
बिजेतालाई ११ र उपबिजेतालाई ५ लाख राशिको नगद पुरस्कार राखिएको छ । २ सय रुपैयाँको टीकट काट्नेलाई बिभिन्न क्षेत्रमा छुट दिइएकाले एक दर्शकले एक खेल हेर्दा स्वास्थ्य क्षेत्र, ग्रोसरी, मोटरसाइकलको टायर खरिद, रेष्टुरेण्टलगायतका क्षेत्रमा २ हजार रुपैंयासम्मको छुट पाउने प्रतियोगिता संयोजक नविन रिजालले बताएका छन् ।
तत्कालिन राजा मेहन्द्रको नामबाट २०१८ सालमा स्थापना भएको गोल्डकपको नाम देशमा गणतन्त्र आएपछि परिवर्तन गरिएको थियो ।
३९ संस्करण महेन्द्र गोल्डकपका नामले चलेपछि विराट गोल्डकपका नामले सञ्चालन गरिएको यो नवौं संस्करण हो ।
View : 100
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved