Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उत्कृष्ट बलर ललितलाई विराटनगरले दियो सम्मान, निकालियो र्‍याली

उद्‌घोष सम्वाददाता
११ पुष २०८१, बिहिवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कीर्तिमानी खेल प्रदर्शन गरेका विराटनगरका क्रिकेटर ललित राजवंशीलाई गृहनगरमा भब्य स्वागत गरिएको छ । 

एनपीएलमा सबैभन्दा धेरै विकेट लिन सफल राजवंशी गृहनगर विराटनगर आएपछि बुधबार उनको सम्मानमा अभिनन्दन र्याली निकालिएको हो । 

विराटनगर– १४ जतुवाका स्थायी बासिन्दा राजवंशीलाई उनको घर रहेको कठकुप्पाबाट जीपमा सवार गराई नगर परिक्रमा गराइएको थियो । 

कठकुप्पाबाट निकालिएको र्यालीले धर्मवँध रोड, देवकोटाचोक, जलजलाचोक हुँदै मेनरोडबाट रोडशेष तथा रानी हुँदै पुनः कठकुप्पामै पुगेर समापन भएको थियो । 

अभिनन्दन र्यालीमा कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवसहित वडाबासी, खेलप्रेमी र क्रिकेटर राजवंशीका समर्थकहरुको सहभागिता थियो । 

एनपीएलमा शानदार, कीर्तिमानी प्रदर्शन गरेर क्रिकेट जगतमा नाम कमाएका ललित विराटनगरको गौरवको रुपमा स्थापित भएकाले उनको सम्मानमा र्याली निकालिएको पूर्वमन्त्री यादवले बताए । 

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्टसबाट खेलेका ललितले कूल १० खेलमा ४० ओभर बलिङ गरेका थिए । 

सो क्रममा उनले १७ विकेट हात पारेका थिए । त्यसक्रममा ५ ओभर मेडन राखेका उनले २ सय १३ रन खर्चिएका थिए । 

उनी मंगलबार साँझ विराटनगर आइपुगेका हुन् । विराटनगर आउँदा विमानस्थलमा समेत उनको भब्य स्वागत गरिएको थियो ।

View : 179

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved