Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
विचार

मुख्यमन्त्रीलाई प्रेम प्रस्ताव

प्रमिल अधिकारी
२ फागुन २०८०, बुधवार

प्रीय माननीय मुख्यमन्त्री केदार कार्कीज्यु,

आज प्रणय दिवशको दिन मेरो प्रीयहजुरलाई यो प्रेमपत्र लेख्दै छु । मेरो प्रेम हजुर प्रति निःस्वार्थ छ । कुनै राजनीतिक गन्ध छैन । निःस्वार्थ प्रेममा कुनै धर्म, जात, उमेर, राजनीति जोडिन्न । जसरी एक युवक आफ्नो युवतीलाई प्रेम प्रस्ताव राख्दछन् त्यस्तै मेरो दोस्रो प्रेम प्रस्ताब हजुर मुख्यमन्त्रीलाई । हजुरसँग मेरो लभ पर्लापर्ला जस्तो भएको मुख्यमन्त्री हुनु भए देखिनै हो । आज प्रणय दिवशमा प्रेम प्रस्ताव राख्दैछु ।

यो एकतर्फी प्रेम कति दिगो होला थाहा छैन तर मेरो निःस्वार्थ मनले प्रेम प्रस्ताव हजुरलाई राख्ने सोचे । मलाई तपाईले चिन्नु हुन्न होला तर म हजुरलाई राम्ररी जिन्दछु । आज प्रणय दिवशको अवसरमा हजुरलाई यो प्रेमपत्र पठाएर आफुमा भएको प्रेमको भाव प्रकट गर्दैछु । पक्कै पनि हजुरले मेरो प्रेमप्रस्तव स्वीकार गर्नु होला भन्ने अपेक्षा गरेकोछु ।

हजुरको हँसिलो अनुहार र स्पष्ट विचर मलाई असाध्यै मन पर्ने पक्ष हो । विद्यार्थी राजनीतिमा विद्यार्थी युनियनको सभापति हुदाँ देखिकै चर्चा सुनेको हुँ । अस्ति भर्खर बाटोमा तपाईको चर्चा सुन्दै थिए, ‘मुख्यमन्त्री भनेको पुष्षा फिल्मको फायर हुन्’ फायर भन्ने वाक्याशंले तपाई प्रति मेरो प्रेम बढेर गयो । नेपाली कांग्रेसको प्रमुख सचेतक हुदाँदेखि नै तपाँई मेरो नजरमा परिसक्नु भएको थियो । तपाईको राजनीतिक जीवन उच्च हुने कुरामा दुविधा थिएन र छैन पनि । अझ,  हजुर मुख्यमन्त्री बन्दा त म धेरै खुशी भएको थिए । अब, बल्ल कोशी प्रदेशले स्थायी मुख्यमन्त्री, त्यस्मा पनि मैले मन पराएको मान्छे ।

हजुरले सेतो कपडा लगाएको मलाई औधी म पर्छ । मलाई थाहा छैन हजुर अधिकांश किन सेतो कपडा लगाउनु हुन्छ भनेर । तर, तपाईले लगाएको सेतो पहिरनले हजुरलाई राम्रो सुहाउँछ । सेतो पहिरन पवित्रताको प्रतिक पनि हो । हजुरको विचार पनि पवित्र र स्पष्ट छ भन्ने लाग्छ । रफाफिलो भाषण र जनताको आवाज बोल्न नडाउने स्वभाव अर्को मलाई मन पर्ने पक्ष हो । त्यसैले यो सार्वजनिक प्रेम प्रस्ताव लेख्न मलाई बाध्य बनायो ।

तपाई प्रति मेरो प्रेम प्रस्ताब राख्नु अर्को कुरा बालबालिकाको निःशुल्क उपचार गराउन हजुरले गर्नु भएको पहल पनि हो । स्वास्थ्य, शिक्षा र रोजगार राज्यले जनतालाई दिन सक्ने सरकार जनताले खोजेका छन् । तपाईले स्वास्थ्यमा बालबालिकाको पहुँच बढाउन खेलेको भुमिकाको जति प्रशंसा गरे पनि कमी नै हुन्छ । यसको प्रभाव दिर्घकालमा स्वास्थ्य जनशक्ति उत्पादनमा प्रदेश अग्रणी भुमिका देखिनेछ ।

अकालमा बालबालिका स्वास्थ्य समस्याबाट मृत्यु हुनबाट बँच्ने छन् । स्वास्थ्य क्षेत्रको प्राथमिकतामा तपाईले खेल्नु भएको भुमिका उच्च छ । बालबालिकाको उपाचारमा राज्य छ भन्ने राज्यको उपस्थिति देखाउनु भएको छ । यो तपाईको जीवनकालको सबैभन्दा पुण्यको काम पनि सक्छ । नीजि स्वास्थ क्षेत्रको एक प्रतिशत लगानीलाई विकासमा लगानी सुनिश्चित गर्न सके पनि धेरै काम हुन सक्छ । यसमा तपाईले धेरै बुझ्नु भएको होला ।

मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्ने भन्ने गीतको सम्झना आयो । सरकारको सय दिनको कार्य प्रगतिमा मुटु उपहार भन्ने भाषणले मेरो मन छोएको थियो । मलाई भावुक पनि बनायो । जनताले खोजेको नेता र नेतृत्व जस्ले जनतालाई मुटु उपहार दिएको छ भनेर । प्रेम दिवशमा मुटु जनताको माझ दिने नेपालको राजनीतिक इतिहासमा पहिलो ब्यक्ति हुनुहुन्छ भन्दा कम नहोला ।

शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटनसँगै अब, नियमित सञ्चालन हुने विश्वास छ । पक्कै पनि हजारौँ जनतालाई हाम्रो प्रदेश सरकारले मुटु प्रदान गर्र्नेछ । अझ, जलनको उपचारको लागि काठमाण्डौँ धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न तपाईको पहलको प्रंशसा किन नगर्ने ? जलनको उपचार नपाएर छटपटिएकाहरुको लागि मलम लगाउन जलन उपचार केन्द्र स्थापनामा तपाईको नेतृत्वदायी भमिका प्रभवकारी छ । यसमा प्रदेश सरकारको ध्यान जानु पर्दछ ।

नेपाली पुर्खजहरुले दोस्रो विश्व युद्धमा लडेर नेपालको वीरताको कथा लेखे । गोर्खाली भनेर विश्वमा पहिचान बनाए । ती बलिदानी वीर सपुतलाई ब्रीटिस साम्राज्यले अझै पुर्वाग्रही ढंगले अधिकार सम्पन्न गर्न सकेको छैन । त्यस विषयमा तपाईले पुर्व ब्रीटिसको समस्या समाधान गर्न पहल गर्नु भएको प्रंशसा गर्दछु । धराने जनताले बराहाक्षेत्रबाट पानी धरानमा ल्याउने काकाकुलको कथालाई तपाईको नेतृत्वले सफलता पाओस् । तपाईले संघीय सरकार तथा प्रदेश सरकारको भुमिकामा कुनै कमी नगर्नु होला हजुर ।

सरकारले नेपालमा अझै करिब २० प्रतिशत गरीबको रेखामुनी रहेको तथ्याङक सार्वजनीक गरिरहदाँ ती गरीब परिवार जस्को घरमा छाना, नाना र खाना पुर्याउन कठिन छ, तिनीको घरमा छाना बनाउदै गरेको फोटो सार्वजनिक हुदाँ मेरो मन प्रफुल्ति थियो । त्यस कार्यको प्रसंसा नगरिरहन सक्दिन । तपाईको ती अर्थिक तथा सामाजिक रुपमा गरीब परिवार प्रतिको प्रेम र उनीको तपाई प्रतिको विश्वास कायम रहोस् ।

विराटनगरको १२ वडाका सयौं सुकुम्बासीको घर बनाउन तपाईको भुमिकाको असिम प्रेम भाव प्रकट गर्दछु । यी सुकुम्बासी बस्तीमा घरसँगै शिक्षा, समाजिक सुरक्षा र उत्पादनमा उनीहरुको आवद्धता नगराइ उनीहरुको जीवनमा रुपान्तरण हुन्न भन्ने तपाई हजुरलाई राम्रो थाहा छ होला ।

कोशीको नामाकरणमा केही विवाद छन् । पहिचान पक्षले तपाईको कार्यकालमा रहत पाउने आश गरेको देखिन्छ । संघीय गठबन्धनको दबावमा नामाकरणको विषयमा पुनः कोशी प्रदेश अशान्ति बन्छ कि भन्ने मनमा भय छदैछ । नामाकरणको विषयमा एकजनाको ज्यान नै गयो । ज्यादै दुःख लाग्यो । राज्य ब्यवस्था परिवर्तनको लागि बारम्बार नेपाली जनता किन मर्नु पर्ने ?मेरो मनमा सधै उठ्ने प्रश्न हो । हजुरले यो विषयलाई राम्ररी बुझ्नु भएको हुनु पर्छ । पक्कै पनि कोशीको नामाकरणको विवादलाई समाधान गर्न तपाईले सौहर्दपुर्ण वातावरणमा खेल्नु भएको भुमिका, पहिचान पक्षधरलाई सम्झाउने बुझाउने कार्यमा तपाईको कार्य रणनीतिक देखिन्छ । यो विवादलाई सहमतिबाट संसदीय अभ्यासको माध्यमले समाधान गर्नु हुने आशा गर्दछु ।

युवा राजनीतिको जोस अहिले पनि तपाईको हिडाइ र भाषण छर्लंग देखिन्छ । हँसिलो अनुहारमा धाराप्रवाह भाषणकलाबाट म प्रभावित छुँ । समाजमा विविध विचार र आस्थाका जनता छन् । जनताको फरक विचार र सोचको आधारमा काम गर्ने प्रकृयाहरु हुनु पनि पर्दछ । यो समाजको विधिधता पनि हो । तर, पनि घरीघरी तपाईले गरेको कार्य र बोलीको विरोध सुनिदाँ मन खिन्न हुन्छ । 

मैले मन पराएको नेताको सधै जयजय होस् भन्ने त लाग्दो रहेछ । तर, तपाईको राम्रो बानी अहिलेका युवा नेता जस्तो प्रतिक्रियात्मक देखिन्न । त्यसलाई सुधारेर काम गर्ने क्षमता तपाईमा देख्छु । उच्च राजनीजिक संस्कार तपाईमा देख्छु । त्यही भएर त मैले तपाईलाई प्रेमको प्रस्ताब लेख्दैछु । 

जलमा धनी नेपाल तर अझै पनि अध्यारो जीवन छ । तपाईले विराटनगर, इटहरी र झापामा विद्युतीय सवारी चार्जिङ स्टेशन उद्घाटन गरिरहदाँ प्रतिबद्धता गरेको कुरा कार्यान्वयन हुने नै छ होला । सुनसरीमा चार सय विधुत प्राधिकारण सबस्टेसन उद्घाटन गरेको फोटो पनि देखेको थिए । नेपाल र नेपालीलाई सम्पन्न बनाउन विद्युत उत्पदान र विक्री गर्न तपाईले गेमजेन्जर परियोजनाहरु ल्याउन सके म धेरै खुशी हुने थिए । गरीबको घरमा निःशुल्क उज्यालो पाएको नयाँ जीवन पाएको हेर्ने मेरो मन आतुर छ । यो मेरो प्रेम पत्रको अपेक्षा पनि हो । पक्कै तपाईबाट मेरो अपेक्षा पुरा होला भन्ने विश्वास छ ।

केही समय अगाडि तपाई बर्जु गाउँपालिकाको बेलगछिया नहरको डिलमा बसोबास गरी ब्यापार गर्दै गरेको ७० वर्षिया दुखनी मरिकसँगको कुराकानीले तपाई भाबुक बनेको मैले पनि महशुस गरेको थिए । बाँसको सामग्री बनाएर जीवन चलाएका यस्ता गरीब परिवारको लागि तपाइले पक्कै पनि केही काम गर्ने अठोट गर्नु भएको हुनु पर्दछ । उनी जस्ता सीप भएका धेरै युवा तथा वृद्धवृद्धाहरुको ब्यवसाय धारासयी बन्दै गएको अवस्थामा मुख्यमन्त्री हुदैगर्दा मौलिक उत्पदान, युवा स्वरोजगारलाई प्रवर्धन गर्न पक्कै तपाईको योगदान देखिन्छ होला । वृद्धवृद्धाहरुको अभिभावकत्व र स्वास्थ्य, सामाजिक सुरक्षामा तपाईको ठोस योजना आउने अपेक्षा गर्दछु ।

हजुर पनि अचम्कै हुनुहुन्छ । रात्रीकालीन सडक यात्रामा एक्कासी गाडी रोकेर खाजा खान लाग्नु भएको फोटो सामाजिक सञ्जालमा देखेको थिए । आफ्नो ज्यान भन्दा पनि जनता कै चिन्ता देख्छु । रात्रीकालीन खाजा खदाँ उनीहरुको समस्याहरु पनि बुझ्नु भयो होला । रात्रीकालीन ब्यवसायको पिडा पनि महशुस भएको हुनु पर्दछ । अझ, बजारमा ब्यवसायीहरुको ब्यवासय कम हुदैँ गएको छ । सटर बन्द हुन थालेका छन् । युवा विदेश जानको लर्को छ । उत्पादनमुखी अर्थतन्त्र सुक्दै गएको अवस्थालाई तपाईले नजिकबाट बुझ्नु भएकै होला । तपाईको कार्यकाले केही आशाको दिप जनताले बाल्न पाउने अपेक्षा गरेका छन् । मेरो पनि चाहना त्यही छ ।  

संघीयता माथि जनताको प्रश्न कति धेरै छ । यसको संरक्षण गर्न कोशी प्रदेश रणनीतिक रुपमा बढी चुनौति देखिन्छ । यसमा तपाईको नेतृत्व सफल होला भन्ने लाग्छ । जनताले प्रदेश सरकारको भुमिका प्रभावकारी खोजेका छन् । त्यसको लागि तपाईकै नेतृत्वलाई जनताले मन पराइ दिए हुन्थ्यो जस्तो लाग्छ ।

संघीय सरकार चुस्त र संगठित होस्, जनताको घाडो नबनोस् भन्ने जनताको भावना देखिन्छ । अस्ति भर्खर तपाईको स्टाटस पढेको थिए । ‘प्रदेशमा बेरुजु शुन्यमा पु¥याउन र वित्तिय अनुशासन कायम गर्न कुनै सम्झौता हुदैँन र त्यसको लागि आफूले ढुङ्गाको मुटु बनाएको छु । यस विषयमा सबैले ढुङ्गाको मुटु बनाएर काम गर्नुको विकल्प छैन ।’ पक्कै पनि तपाईको विचारमा स्पष्ट हुनुहुन्छ होला । तपाईको नेतृत्वले प्रदेश सरकारको गरिमा बढेको हेर्न चाहन्छु ।

प्रदेशले संघीय सरकारसँग अधिकार माग्नु पर्ने अवस्था देखिन्छ । अझै पनि दलका नेतृत्व तथा संघीय सरकार केन्द्रिकृत मानसिकता, प्रदेश तथा स्थानीय तहले केही गर्न सक्दैनन् भन्ने आशयले संघीयता र संविधानले दिएको अधिकार प्रत्यायोजन गर्न इन्कार गरेको देखिन्छ । तर, तपाईको खबारदारी, संघसँगको समन्वय र सघर्ष दुवै जारी रहने क्रषि धमलासँगको अन्तरवार्ताको वक्तब्य मैले हेरेको थिए । प्रदेश र स्थानीय तहको अधिकार माग्ने सवालमा तपाईको बारम्बारको ध्यानाकर्षण गरिरहेको देख्दा मन खुशी हुन्छ, मैले सही नेता मन पराएछु जस्तो लाग्छ । 

संस्कार र संस्कृतिमा पनि तपाईको सम्मान र भाव प्रकट हुनु तपाईको सुन्दरपक्ष हो । जनता मर्दा मलामी बनेर लास बोको तस्विरले पनि तपाई जनताको कति नजिक र प्रिय हुनुहुन्छ भन्ने देखिन्छ । धर्म प्रतिको आस्था स्पष्ट देखिन्छ । 
नागरिक साझेदारी अभ्यास, भ्रष्टचार अन्त्यमा प्रदेश सरकारको भुमिका तपाईबाट जनताको अपेक्षा धेरै छ ।

जनताको घरघरमा जाने स्वभाव नै तपाई प्रतिको मेरो आकर्षण हुन सक्छ । पक्कै पनि प्रेम दिवशको दिन मैले मनपराएको मुख्यमन्त्री सबैको प्यारो र आशलाग्दो नेतृत्वको रुपमा देखिरहन पाउँ भन्ने मनको अन्तस्कणरबाट भाव अइरहन्छ । मेरो आशा तपाईको राजनीतिक जीवन सफल र सक्रिय रहिरहोस् । हजुरको बारेमा धेरै प्रंशसा गर्ने दिनहरु अउदैँ जाउन् । चकेटेल डे, ट्याडी डे, हक डे, प्रमिस डेमा हजुरसँग प्रत्यक्ष भेट हुन नसकेकोमा दु:खित छु । तर, मनबाट तपाईलाई सबै उपहार दिइसकेको छु ।

अन्त्यमा ब्वील यु वि माई भ्यलेण्टाइन ?

mailtopramil@gmail.com

View : 1034

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved