सुन्दरहरैंचा । नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा फागुन १६ देखि २० गतेसम्म दोस्रो प्रादेशिक ललीतकला प्रदर्शनी हुने भएको छ ।
नेपाल ललीतकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललीतकला प्रदर्शनीको सुरूवात गरेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
नेपाल ललीतकला प्रज्ञाप्रतिष्ठान आयोजक तथा बेलबारी प्रज्ञाप्रतिष्ठान सहआयोजक रहने कार्यक्रममा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोग छ ।
प्रदेशका १४ वटै जिल्लाका सबै विधाका कलाकारहरूको सहभागिता रहेने प्रदर्शनीमा १ सय ८६ जना कलाकारहरूका २ सय २१ वटा कलाकृतिहरू सामेल गरिएको परिषद सदस्य तथा नेपाल ललीतकला प्रज्ञाप्रतिष्ठान कोशी प्रदेश संयोजक सञ्जय बान्तवाले जानकारी दिए ।
उनले समसामयिक मुर्तिकला १८ वटा, समसामयिक चित्रकला १ सय २०, परम्परागत चित्रकला ५, हस्तकला ३५, फोटोग्राफी कला १६ तथा लोककला २८ वटा रहने पत्रकार सम्मेलनमा उल्लेख गरे ।
छनोट भएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा पनि समावेश हुने बताइएको छ । साथै प्रदर्शित कलाकृतिहरू मध्येबाट एकजनालाई ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललीतकला पुरस्कार र अन्य विभिन्न विधामा २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिने आयोजकले बताएको छ ।
कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका ४ जना सर्जकहरूलाई सम्मान गरिने बताइएको छ ।
कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रि«य कलाकारहरु सहितको कला कार्यशाला, तेस्रो दिन समसायिक कला, लोककला तथा रैथाने कला सम्बन्धी अन्तरक्रिया, चौथो दिन साङ्गीतिक, साँस्कृतिक समारोह रहने कार्यक्रमका प्रचारप्रसार संयोजक विकास बुढाथोकीले जानकारी दिए ।
उनले प्रदर्शनीको अवधीभर १५ हजार भन्दा बढी दर्शकहरूलाई अवलोकन गराउने लक्ष्य राखिएकोले अहिले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved