ज्याम्बोरेटको तयारी :
विराटनगर । विराटनगरमा तीन हजार बढी स्काउटहरूको सहभागीता रहने कोशी प्रदेशस्तरीय ज्याम्बोरेट–२०२५ को तयारी अघि बढेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले कोशी प्रदेशमा रहेका २५ हजार स्काउटर सदस्यबाट छनोट भएर तीन हजार स्काउट ज्याम्बोरेटमा सहभागी हुने बताए ।
स्काउटमा प्रदेशस्तरमा हुने जम्बोरी अर्थात भेलालाई ज्याम्बोरेट भनिन्छ । उक्त ज्याम्बोरेट माघ २५ गतेदेखि २८ गतेसम्म विराटनगरको डिग्री क्याम्पसको मैदानमा संचालन हुने जनाइएको छ ।
ज्याम्बोरेटमा स्काउटमा आवद्ध भएका ११ देखि १६ बर्षसम्मका सदस्यले भाग लिनेछन् । प्रदेशस्तरमा हालसम्मकै सवैभन्दा ठुलो ज्याम्बोरेटमा सुपरम्यान जम्प, टावर क्लाम्बिङ, ओमेगा जम्प, रूख चढ्ने, अप क्लाम्बिङ, मङ्की ब्रिज, टायर वाल, टायर टनेल, कमाण्डो ब्रिज, ट्रि क्रसिङ, प्यारालल रोप लगायतका साहसिक क्रियाकलाप गरिने प्रदेश मुख्य आयुक्त भण्डारीले बताए ।
त्यसैगरी मनोरञ्जनात्मक गतिविधि अन्तरगत फेस पेन्टिङ, थ्रेड आर्ट, आर्चरी, पेपर क्राफ्ट लगायतका क्रियाकलाप गर्नेछन् ।
बौद्धिक क्रियाकलाप अन्तरगत चित्रकला, पायोनरिङ र साँस्कृतिक कार्यक्रम गर्ने जनाइएको छ । शारीरिक क्रियाकलापमा मार्चपास प्रतियोगिता गरिने जनाइएको छ ।
कोशी प्रदेशमा हालसम्म ६० वटा स्थानीय तहमा स्काउट विस्तार भएको प्रदेश प्रमुख आयुक्त भण्डारीले बताए ।
नेपाल स्काउटका केन्द्रीय सहप्रमुख आयुक्त किरण गिरीले स्काउटरहरूलाई पूर्ण रूपमा सुरक्षित वातावरणमा ज्याम्बोरेटमा सहभागी हुने बताए ।
हरेक पालिकाबाट आउने स्काउटरले ज्याम्बोरेटमा आफ्नो लागि आवश्यक सामग्री आफैं लिएर सहभागी हुन आउने जनाइएको छ ।
साथै उनीहरूलाई आवश्यक सहयोग सम्बन्धित स्थानीय पालिकाले नै गर्ने नेपाल स्काउट विराटनगर महानगरपालिकाका प्रमुख आयुक्त नवीन पहाडीले बताए ।
View : 828
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved