Biratnagar, Morang, Nepal
२२ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

उद्‌घोष संवाददाता
२१ असोज २०८३, बुधवार

Advertisement

झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो । आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

‘मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ,’उनले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’

आगलागी नियन्त्रणका लागि चारवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका थिए । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

View : 26

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved