Biratnagar, Morang, Nepal
२८ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू

उद्‌घोष संवाददाता
२७ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार खुलातर्फ दुई र समावेशीतर्फ एक जना उपसभापति निर्वाचित भएका हुन् ।

खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै निर्वाचित भए । त्यस्तै, ई. मधु आचार्य २ हजार ३४२ मत प्राप्त गरी उपसभापतिमा निर्वाचित भएका छन् ।

खुलातर्फका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, धनराज गुरुङले १ हजार ५९६, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् । 

समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

समावेशीतर्फका अन्य उम्मेदवारमध्ये जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

यसैगरी,  महामन्त्रीमा प्रदीप पौडेल, उदय शम्शेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन् । 

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार खुलातर्फ दुई र महिलातर्फ एक जना महामन्त्री निर्वाचित भएका हुन् ।

खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका छन् । उदय शम्शेर राणा २ हजार ३१० मतसहित दोस्रो स्थानमा रहँदै महामन्त्रीमा निर्वाचित भएका हुन् ।

खुलातर्फका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महिलातर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरिन्  भने रीता खनालले ८०४ मत पाइन् ।

View : 27

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved