विराटनगर । ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र बौद्धिक क्षमतालाई समाजको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यका साथ क्रियाशील ज्येष्ठ नागरिक बौद्धिक मञ्च, विराटनगरको दोस्रो अधिवेशनले सुरबहादुर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित समितिको उपाध्यक्ष पदमा मोहनप्रसाद भट्टराई, सचिवमा तुलबहादुर कार्की तथा कोषाध्यक्षमा रेतबहादुर खड्का छन् ।
त्यसैगरी मञ्चको सदस्यहरूमा वासुदेव भण्डारी, तुलसीराम श्रेष्ठ र भोजराज पौड्याल छन् ।
अधिवेशनको अवसरमा मञ्चका संस्थापक एवं निवर्तमान नेतृत्व तथा निर्वाचन समितिले नवगठित समितिलाई खादा र अबिर लगाएर बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
बधाई ज्ञापन गर्दै मञ्चका अध्यक्ष सतिशकुमार कर्ण, सचिव हरिप्रसाद अधिकारी, कोषाध्यक्ष यमन मेहता तथा निर्वाचन समितिका संयोजक एकराज भट्टराईले नयाँ नेतृत्वले संस्थालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुरबहादुर श्रेष्ठले ज्येष्ठ नागरिकहरूको हकहित, अधिकार र सम्मानका लागि अग्रसर रहने बताए ।
उनले आफ्नो जीवनभरको अनुभव र बौद्धिक ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै सामाजिक रूपान्तरण र ज्येष्ठ नागरिकको कल्याणका लागि प्रभावकारी गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
View : 119
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved