Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

केआईआईटी घटना

नेपाली विद्यार्थीको मृत्यु र ज्यादतिको निष्पक्ष छानबिन गर्न माग गर्दै विराटनगरमा अधिकारकर्मीहरूको प्रदर्शन (फोटो)

उद्‌घोष संवाददाता
९ फागुन २०८१, शुक्रवार

विराटनगर । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र नेपाली विद्यार्थीहरूमाथि त्यहाँको प्रशासनले गरेको ज्यादतिविरुद्ध विराटनगरमा विरोध जनाइएको छ ।

अधिकारकर्मी र नागरिक समाजको समुहले शुक्रबार पुरानो ट्राफिक चोकमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहार र ज्यादतिको विरोध गरेका छन् । 

घटनाको सत्यतथ्य र निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने माग राखेका छन् । अधिकारकर्मीहरूले एक घण्टा विरोध प्रदर्शन गरेको इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले जानकारी दिए ।

विरोध प्रदर्शनपछिको कोणसभालाई राजनैतिक विश्लेषक एवं लेखक प्राध्यापक कृष्ण पोखरेल, नागरिक अगुवा दिनेश श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जालकी कोषाध्यक्ष मञ्जिता उपाध्याय, गैसस महासंघकी उपाध्यक्ष सरीता खनाल, ओरेककी प्रदेश प्रमुख शोभा बजगाँई लगायतले सम्बोधन गर्दै विद्यार्थीहरूको न्यायका लागि आवाज उठाएका थिए ।


View : 547

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved