झापा : बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ३७ वर्षीय तुलसी फुयाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०७९ चैत ८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद, १ करोड रूपैयाँ जरिवाना तथा ४ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका फुयाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको बताइएको छ ।
View : 197
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved