Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मतगणना

सुहाङ ७८० मतले अघि

१६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको जारी मतगणना अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङले ७८० मतको अग्रता कायम गरेका छन् । सुरुवाती रुझानमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्कासँग पछि परेका सुहाङले अहिले अग्रता बढाउँदै लगेका हुन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ५ को मतगणना सकिंदा एमालेका सुहाङले जम्मा ३२३९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका खड्काले २४६९ प्राप्त गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ र रास्वपाका मिलन लिम्बुले ४४३ प्राप्त गरेको जनाइएको छ । 

फाकफोकथुमको वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिएको जनाइएको छ । 

सुहाङले फाकफोकथुमको वडा नम्बर ५ मा ७०७ मत प्राप्त गरेका छन् । डम्बरले २७२, डकेन्द्रले ११० र मिलनले ५५ मत प्राप्त गरेका हुन् । उक्त वडामा मात्रै सुहाङले ४३५ मत बढि पाएका छन् ।

View : 79

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved