Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

उदयपुरको मुर्कुचीमा मिनी महोत्सव हुँदै

उद्‌घोष संवाददाता
१६ पुष २०८१, मङ्गलवार

Advertisement

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुर्चीमा पहिलो पटक रौतामाई मिनी महोत्सव हुने भएको छ । यही पुस १९ देखि माघ ४ गतेसम्म मुर्कुर्ची बसपार्कमा मिनी महोत्सव हुन लागेको हो ।

रौता स्पोर्टस क्लब रौतामाई-७ मुर्कुर्चीको आयोजनामा हुने मिनी महोत्सवमा ख्याती प्राप्त कलाकारहरूसँगै उदयपुरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ ।  साथै विभिन्न मनोरञ्जन रहने रौता स्पोर्ट्स क्लबका अध्यक्ष हरि आले मगरले बताएका छन्।

कार्यक्रममा  ज्योति मगर, प्रीति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धीरज राई, बद्रि पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बू, अशोक सिवा, पूजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायिका गंगा गौतम आचार्य लगायतका कलाकारहरूको प्रस्तुति रहने रौता स्पोर्टस क्लबका सचिव टेकराज रिखाम मगरले जानकारी दिए।

View : 515

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved