झापा : सेवाग्राहीबाट लिएको घुस वापतको रकम र चेकसहित नापी कार्यालय झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया यादवलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेकसहित एक लाख २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा भद्रपुर नगरपालिका वडा नं. ७, चन्द्रगढीबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
View : 108
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved