Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा ‘रोयल बफेट एन्ड गेस्ट हाउस’ सञ्चालनमा

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–३ कञ्चनबारीमा रोयल विरयानी समूहले ‘रोयल बफेट एन्ड गेस्ट हाउस’ सञ्चालनमा ल्याएको छ । 

५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको बफेटमा ३० भन्दा बढी परिकार उपलब्ध हुने सञ्चालकहरूले बताएका छन् ।

रोयल बफेट एन्ड गेस्ट हाउसमा ग्राहकलाई लक्षित गर्दै उद्घाटन अफरअन्तर्गत २९९ रुपैयाँमै अनलिमिटेड बफेटको सुविधा उपलब्ध गराइएको सञ्चालक पप्पु अन्सारीले जानकारी दिए । 
अन्सारीसहित श्यामकुमार तिम्सिना र रञ्जनकुमार शाही मिलेर रोयल बफेट सञ्चालनमा ल्याएका हुन् । 

अन्सारीका अनुसार उद्घाटन अफरपछिको बफेट शाकाहारी (भेज) मेन्यु ७९९ रुपैयाँ र मांसाहारी (ननभेज) मेन्यु १ हजार १९९ रुपैयाँमा उपलब्ध हुनेछ । ग्राहकले भेज तथा ननभेजका विभिन्न परिकारको स्वाद लिन सक्नेछन् ।

बफेटसँगै विभिन्न कार्यक्रम, समारोह तथा जमघटका लागि हलको समेत व्यवस्था गरिएको सञ्चालक अन्सारीले बताए । उनका अनुसार ग्राहकलाई एउटै स्थानमा विविध परिकारको स्वादका साथ कार्यक्रम आयोजना गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको हो ।

रोयल विरयानी ब्रान्डका देशका विभिन्न स्थानमा ११ वटा शाखा रहेको र विराटनगरमा नयाँ बफेटसहित उक्त ब्रान्डअन्तर्गतका आउटलेटको संख्या चार पुगेको सञ्चालकहरूले बताएका छन् ।

सञ्चालक रञ्जनकुमार शाहीले विराटनगरमा विरयानीको बजार विस्तारमा आफूहरूको योगदान रहेको बताए । 

‘हामीले एक सय रुपैयाँमा विरयानी उपलब्ध गराउने अवधारणा अघि सारेपछि अहिले विराटनगरका प्रत्येकजसो रेस्टुरेन्टमा विरयानी पाइने अवस्था बनेको छ,’ उनले भने, ‘हामीले आफूलाई बलियो बनाउँदै अब बफेटलाई पनि अघि बढाएका छौँ ।’

त्यस्तै, सञ्चालक श्यामकुमार तिम्सिनाले साउदी अरबमा १७ वर्ष फास्टफुड क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा उपयोग गरिरहेको बताए । 

विदेशमा हासिल गरेको अनुभवलाई सहकर्मीहरूसँग मिलेर स्थानीय बजारमा नयाँ सम्भावना सिर्जना गर्न प्रयोग गरिरहेको उनको भनाइ छ ।

स्थानीय क्षेत्रमा खाद्य तथा आतिथ्य सेवाको मागलाई लक्षित गर्दै सञ्चालनमा आएको रोयल बफेट एन्ड गेस्ट हाउसले विविध परिकार, अनलिमिटेड बफेट र कार्यक्रमका लागि हलको सुविधामार्फत ग्राहक आकर्षित गर्ने अपेक्षा सञ्चालकहरूले गरेका छन् ।

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved