विराटनगर । उपभोक्ता हित संरक्षण मञ्च मोरङले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूको उद्धार तथा राहत कार्यमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउन सबै पक्षसँग अपिल गरेको छ ।
मञ्चको आइतबार बसेको बैठकले बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितहरूको तत्काल व्यवस्थापन र सहायतामा जुट्न आग्रह गरेको हो ।
साथै, आर्थिक सहयोग गर्दा ठगी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आधिकारिक बैंक खाता नम्बर वा प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषको आधिकारिक क्यूआर कोड यकिन गरेर मात्र रकम जम्मा गर्न मञ्चले विशेष अनुरोध गरेको छ ।
प्राकृतिक विपत्तिको यस्तो संकटपूर्ण घडीमा बजारमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन सक्ने सम्भावना रहेकाले सम्पूर्ण उपभोक्ताहरूलाई सचेत र सतर्क रहन समेत मञ्चले सचेत गराएको छ ।
मोरङ अध्यक्ष तारानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा कोशी प्रदेश कोषाध्यक्ष विनोदकुमार सुवेदी, केन्द्रीय सदस्य महेशकुमार खड्का तथा पूर्व केन्द्रीय उपाध्यक्ष केदार कार्की लगायतको सहभागिता थियो ।
बैठकले गरेको निर्णयअनुसार उपभोक्ता हित संरक्षण मञ्च मोरङका तर्फबाट पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा राहत रकम जम्मा गरिने जिल्ला कोषाध्यक्ष अञ्जुश्री श्रेष्ठले जानकारी दिइन् ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved