Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभाको सचिवमा दोस्रो कार्यकालका लागि नियुक्त भए पराजुली

३ वैशाख २०८१, सोमवार

विराटनगर । कार्यकाल सकिन ६ दिन अगावै कोशी प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् ।

सभामुख अम्बर बहादुर बिष्टको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पराजुलीलाई प्रदेश सभाको सचिवमा नियुक्त गरेका हुन् ।

पराजुलीको कार्यकाल बैशाख ८ सम्म रहेको थियो । तर उनलाई दोस्रो कार्यकालका लागि बैशाख ९ गतेको मितिदेखि लागू हुने गरी संविधानको धारा १९५ को उपधारा (१) बमोजिम प्रदेश सभाको सचिवमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पराजुली २०७६ वैशाखमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएर प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए । सचिवको कार्यकाल पाँच वर्षको हुने जनाइएको छ ।

दोस्रो पटक नियुक्त भएका पराजुलीले पूर्ण कार्यकाल भने सचिवालयको नेतृत्व गर्ने छैनन् । ६५ वर्षको उमेर हद लागू हुने भएकोले उनले अब अढाई वर्ष सचिवालयको नेतृत्व सम्हाल्ने छन् ।

View : 79

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved