विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताएका छन् ।
बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सीटीईभीटीको साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृति पोलिटेक्निकको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा कोइरालाले यस्तो वताएका हुन् ।
उनले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरूमा समुचित लगानी गर्न नसकेको वताए । उनले भने, ‘सरकारको सहयोग विना यसखाले संस्था चल्न कठिन हुन्छ । जुन संस्थाको उद्देश्य प्राप्तिमा पनि सफलता मिल्दैन ।’
शैलजा आचार्यले त्यसवेला ग्रामीण बस्तीमा पोलिटेक्निक खोलेर बहुप्राविधिक शिक्षा दिन खोज्नु, गरिव, अतिविपन्न परिवारका विद्यार्थी पढ्ने वातावरण वनाउनु आफैमा उदारणीय भएको कोइरालाले बताए ।
वैचारिक, शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा शैलजा आचार्यले दिएको योगदान अतुलनीय रहेको उनको भनाइ थियो ।
यस्तै पूर्व मुख्यमन्त्री केदार कार्कीले शैलजा आचार्यको दीर्घकालिन सोचका कारण ग्रामणी क्षेत्रका विपन्न विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा हासिल गरी रोजगार बन्न सफल भएको बताए ।
नेतृत्वले सही निर्णय गरे भावी पुस्ताले पनि सेवा पाउँदै जाने उनको भनाइ थियो ।
त्यस्तै कोशी प्रदेशका सांसद गयानन्द मण्डलले शैलजा आचार्य पोलिटेक्निकले गाउँबस्तिमा रहेर प्राविधिक शिक्षा पढ्न चाहनेहरूको सपना पूरा गरेको बताए । उनले पनि आचार्यको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रहसन गरेका थिए । उक्त अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको पोलिटेक्निकका प्राचार्य सन्तवहादुर अधिकारीले जानकारी दिए ।
पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष हना सुरेन, गुठीका कोषाध्यक्ष मोहनलाल महत्तो, गुठीका सदस्य विकास पराजुली, जवाहरलाल मण्डल, समाजसेवी पुनम कोइराला, ज्योती आचार्यलगायतको सहभागिता थियो ।
View : 319
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved