विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगर महानगरपालिका–१० स्थित मानव सेवा आश्रममा आश्रित महिला तथा बालिकाको व्यक्तिगत सरसफाई तथा फलफुल वितरण गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालनमा रहेको सौन्दर्यकला तालिममा सहभागी प्रशिक्षार्थी र संघका पदाधिकारीहरुले आश्रमका ७० जना जेष्ठ नागरिक र बालिकाहरुको कपाल, नङ काट्नुका साथै नुहाइ धुवाइ र शरिरको सरसफाई गरी फलफुल तथा बिस्कुट समेत वितरण गरेका हुन् ।
कोशी प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना र भुमिका सिपमुलक तालिम केन्द्र विराटनगरको प्राविधिक सहयोगमा त्यहाँ सौन्दर्यकला तालिममा सञ्चालन भइरहेको बताइएको छ ।
View : 299
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved