Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर फुटसल लिग

एबी ५ एफसीले जित्यो उपाधि

उद्‌घोष सम्वाददाता
११ पुष २०८१, बिहिवार

विराटनगर । लिग चरणको सुरुवातीदेखि नै अंकतालिकाको शीर्ष स्थानमा रहेको एबी ५ एफसीले विराटनगर फुटसल लिगको उपाधि जितेको छ ।

विराटनगरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा एबी ५ एफसीले स्टार ब्वाइज एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै विराटनगर फुटसल लिगको पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

फाइनल खेलमा एबी ५ एफसीले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको छ । एबी ५ एफसीको आक्रामक खेलले स्टार ब्वाइज एफसीलाई निकै चुनौती दिएको थियो। यद्यपि, स्टार ब्वाइजले दुई गोल फर्काएर खेललाई रोमाञ्चक बनाउन भने मद्दत गरेको थियो ।

खेल फाइनल विजेता एवी ५ एफसीले नगद ४० हजार रुपैयाँ पुरस्कार पाएको छ ।  उपविजेता बनेको स्टार ब्वाइज एफसीले २० हजार पाएको छ ।

खेलमा उत्कृष्ट गोलकर्ताको उपाधि लेसाङ राईले जितेका छन् । सर्वाधिक क्लिन सिट (गोलकिपर) मनीष कार्की र उत्कृष्ट खेलाडी हिमेश पौडेल भएका छन् ।

आयोजकले प्रतियोगिताको सफलताका लागि सबै खेलाडीहरू, प्रशिक्षकहरू, दर्शकहरू र सहयोगी संस्थाहरूलाई धन्यवाद दिएको छ ।

विराटनगर फुटसल लिगले स्थानीय स्तरमा फुटबलको विकास गर्न ठूलो भूमिका खेलेको छ । प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गरेको छ ।

यो लिगको सफलताले भविष्यमा अझ ठूलो र व्यापक फुटबल प्रतियोगिता आयोजनाको प्रेरणा दिएको छ।

स्थानीय फुटबलको विकासलाई गति दिन विराटनगर सिटी फुटबल क्लबको आयोजनामा विराटनगर फुटसल लिग विराटनगर मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज(जेएनएल) मा भएको हो ।

विराटनगरमा फुटबलको व्यवसायिक खेल सुरु होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अयोजक विराटनगर सिटी फुटबल क्लब कार्यकारी निर्देशक शुभाशीष कोइरालाले बताएका छन् । उनका अनुसार, प्रतियोगितामा विराटनगरका विभिन्न ६ वटा क्लब सहभागी थिए ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved