विराटनगर । पतञ्जली योग महानगर समिति विराटनगर र महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र, विराटनगर–१ को संयुक्त आयोजनामा २२ औं सह–योग शिक्षक प्रशिक्षण तालिमबाट ३५ जना दीक्षित भएका छन् ।
समारोहमा महानगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेल, महामन्त्री प्रह्लादप्रसाद दङ्गाल, विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले उनीहरुलाई दीक्षित गरेका हुन् ।
२२ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमबाट ३५ जना नयाँ योग शिक्षक तयार भएका छन् । प्रशिक्षार्थीहरूलाई तालिमका सुत्रधार महानगर सदस्य माया भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
सो प्रशिक्षणमा उत्कृष्ट १० स्थान ल्याउनेलाई विशेष सम्मान गरिएको थियो । यसरी उत्कृष्ट दश स्थान ल्याउनेहरुमा क्रमशः किरणकुमार आचार्य, इश्वरीप्रसाद गौतम, दुर्गा आचार्य, गोमा भट्टराई, मात्रीका चापागाई, केशव प्रसाई, रुद्रप्रसाद सुवेदी, शोभा अधिकारी, सुदर्शन अधिकारी र कमला थापा कार्की छन् ।
View : 243
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved