Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

साहित्यकार गणेश बज्राचार्यको आत्मवृत्तान्त ‘सत्तरी वसन्तहरू’ सार्वजनिक

उद्‌घोष संवाददाता
३ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । साहित्यकार गणेश बज्राचार्यद्वारा लिखित आत्मवृत्तान्त पुस्तक ‘सत्तरी वसन्तहरू’ शनिबार एक भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको आयोजना तथा बज्राचार्य परिवार, बज्रकुटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा सो कृतिको विमोचन गरिएको हो ।

 

कुल ३७० पृष्ठ रहेको सो पुस्तकलाई प्राज्ञ विवश पोखरेल, प्रतिष्ठानका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने,  नेपाली लेखक संघ कोशीका अध्यक्ष गोकुल अधिकारी, बुद्धिजीवी दिनेश श्रेष्ठ,  पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्की, जमुना बज्राचार्यले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले पुस्तकमाथि प्रकाश पार्दै भने,  ‘यो कृति लेखक गणेश बज्राचार्यको मात्र नभई उनले भोगेको समय र भोगाइको साझा दस्तावेज हो ।’ उनले लेखकले आफ्नो जीवनका सुख–दुःख र अनुभवहरूलाई पुस्तकमा जीवन्त रूपमा उतारेको बताए ।

 

लोकार्पित कृतिको समीक्षा गर्दै साहित्यकार निर्मला कोइराला र बुद्धिजीवी दिनेश श्रेष्ठले ‘सत्तरी वसन्तहरू’ अत्यन्त पठनीय र संग्रहणीय रहेको धारणा राखे ।

सो अवसरमा लेखक बज्राचार्यले आफ्नो ७० वर्षको जीवन सङ्घर्षको कथालाई पुस्तकमा समेटेको बताए । झी पुचःका अध्यक्ष शरद श्रेष्ठ, प्रतिभा पुरस्कार प्रतिष्ठानका सचिव दिङ्लाली कान्छो, राजीव हलवाई, प्राडा मेदिनी शर्मा नेपाल,  मणि अर्ज्याल, लोकेन्द्र मल्ल, सजन बज्रचार्य लगायतले लेखक बज्रचार्य संस्कृतिविद, भाषाविद, शिक्षाविद मात्र नभएर साहित्यकार समेत भएकोमा प्रशंसा गरे ।

उनले लेखनको माध्यमबाट आत्मवृत्तान्त समेत प्रकाशन गरी उत्कृष्ट नमूना पस्कन सकेको भन्दै शुभकामना दिएका थिए ।

 
साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रममा पुस्तकले पाठकमाझ विशेष छाप छोड्ने विश्वास व्यक्त गरिएको  छ ।

View : 387

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved