Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
प्रविधि

विराटनगरमा हाजी मोबाइलले सुरु गर्यो मोटोरोला मोवाइल बिक्री

उद्‌घोष सम्वाददाता
४ माघ २०८१, शुक्रवार

विराटनगर । नेपाली बजारमा विश्वविख्यात मोटोरोला ब्राण्डको मोबाइलको बिक्री प्रारम्भ भएको छ । 

चौधरी ग्रुपको सिजी मोबाइल्स नेपालका लागि आधिकारिक विक्रेता रहेको मोटोरोला मोबाइलको बिहीबार एकैसाथ देशभरिबाट बिक्री शुरु गरिएको हो । सो मोबाइलको विराटनगरसहित मोरङका लागि आधिकारिक बिक्रेता हाजी स्टोरर्स रहेको छ ।

अमेरिकन कम्पनीले उत्पादन गरेको मोटोरोलाको विभिन्न ७ वटा मोडलहरू नेपाल भित्र्याइए पनि विराटनगरमा हाल ३ वटा मोडलमा पाइने बताइएको छ । 

मोटोरोलाले विश्व बजारमा भने ५० बढी मोडलका मोबाइल बिक्री गर्दै आएको जनाइएको छ । हाजी स्टोर्सले पहिलो चरणमा मोटोरोला जी फोर्टी फाईभ, जी सिक्स्टी फोर र जी एट्टीफाइभ मोडल बजारमा ल्याएको छ । 

लन्च गरिएको जी फोर्टी फाइभको मुल्य २४ हजार ४ सय ९९, जी सिक्स्टी फोरको २७ हजार ४ सय ९९ र  जी एट्टीफाइभका दुई मोडेलहरूको मुल्य ३४ हजार तथा ३७ हजार ४ सय ९९ छ । 

मोबाइल बिक्री शुभारम्भ कार्यक्रममा बोल्दै हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले नेपाली बजारमा ल्याइएका मोटोरोलाका मोबाइलहरू विशिष्ट प्रकारको विशेषताले युक्त भएर पनि निकै सस्तो रहेको बताए ।

अर्का सञ्चालक जमसेद कमर कुरैशीले शुरुमा ३ वटा ब्राण्ड बजारमा ल्याइए पनि केही दिनभित्रै मोटोरोलाका अन्य ब्राण्डहरू पनि भित्र्याइने जानकारी दिए । हाजी स्टोरले विराटनगरमा विगत ६५ वर्षदेखि इलेक्ट्रोनिक्स वस्तुको ब्यापार गर्दै आएको जनाइएको छ ।

View : 106

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved