Biratnagar, Morang, Nepal
७ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

आर्या न्युरोमा विराटनगर–३ का स्थानीयलाई सहुलियतमा उपचार

उद्‌घोष संवाददाता
६ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थित आर्या न्युरो अस्पतालले स्थानीय बासिन्दालाई सहुलियतमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ ।

यसका लागि अस्पताल र विराटनगर महानगरपालिका–३ नम्बर वडा कार्यालयबीच सोमबार सम्झौता भएको छ । 

सम्झौतापछि वडाका बासिन्दाले अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा सहुलियत पाउने भएका छन् । 

सम्झौतापत्रमा अस्पतालका अध्यक्ष डा. अर्चना चौधरी र वडाध्यक्ष बासुबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

अस्पतालका अध्यक्ष डा. चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत वडाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सहुलियतमा उपचारको व्यवस्था गरिएको बताइन् । 

वडाध्यक्ष बस्नेतले सम्झौताबाट वडावासी लाभान्वित हुने बताए । स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको उनको भनाइ छ । 

आर्या न्युरो अस्पताल न्युरोसम्बन्धी उपचारका लागि कोशी प्रदेशमा सेवा प्रदान गर्दै आएको अस्पताल हो ।

View : 39

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved