विराटनगर । विराटनगरमा भएको कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।
कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, २ रजत र २ कास्य पदकसहित प्रथम हुँदै सुनसरीले उपाधि जितेको हो ।
त्यस्तै मोरङले ६ स्वर्ण, ३ रजत, ५ काँस्य पदक जित्दै दोस्रो र झापाले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मोरङका मञ्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), बोर्डकी सदस्य थल गुरुङ, विराटनगर–४ का वडाध्यक्ष जितेन थापा, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, संघका उपाध्यक्षद्वय प्रभुनारायण शिवाकोटी र चतुरलाल चौधरीलगायतल पुरस्कार प्रदान गरे ।
शनिबार र आइतबार भएको प्रदेशस्तरीय प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुर गरि १ सय १७ जना खेलाडीको सहभागिता रहेको बताइएको छ ।
View : 30
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved