Biratnagar, Morang, Nepal
२८ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

दमकमा एभरेष्ट हाइपरमार्केटको तेस्रो शाखा

उद्‌घोष संवाददाता
२७ असोज २०८३, मङ्गलवार

Advertisement

दमक । झापाको दमक नगरपालिका–६, थाना रोडमा करिब १० करोड रुपैयाँको लगानीमा एभरेष्ट हाइपरमार्केटको तेस्रो शाखा सञ्चालनमा आएको छ । विजयादशमीको अवसरमा घटस्थापनाका दिन दमक नगरप्रमुख राम थापाले शाखाको उद्घाटन गरेका हुन् ।

बाह्रदशी गाउँपालिका–२ का युवा व्यवसायी चान मोहम्मदले सञ्चालन गरेको हाइपरमार्केटमा खाद्यान्न, सागसब्जी, लत्ताकपडा, जुत्ताचप्पललगायत दैनिक उपभोग्य सामग्री एउटै छानामुनि उपलब्ध हुनेछन् । 

बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने शाखामा करिब ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कोरोना महामारीका बेला सन् २०२१ मा झापाको राजगढबाट ‘सस्तो बजार’ का रूपमा सुरु भएको व्यवसायले सन् २०२४ मा बिर्तामोडमा दोस्रो शाखा विस्तार गरेको थियो । दमक शाखा सञ्चालनसँगै कम्पनीले आफ्नो व्यवसायलाई थप विस्तार गरेको हो ।

अन्तर्राष्ट्रिय हाइपरमार्केटमा करिब दुई दशक काम गरेको अनुभवलाई स्वदेशमा उपयोग गर्दै व्यवसाय विस्तार गरिएको कम्पनीले जनाएको छ ।

 कम्पनीअन्तर्गत सञ्चालित विभिन्न व्यवसायमा एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । राजगढमा हाइपरमार्केटसँगै एभरेष्ट डिजिटल सिनेमा हलसमेत सञ्चालनमा छ ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले आगामी दिनमा इटहरी र काठमाडौंमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ ।

View : 29

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved