विराटनगर । विराटनगरमा रहेर साहित्य सिर्जना र सेवामा समर्पित कवि, कथाकार विवश पोखरेललाई ‘शब्दयात्रा प्रकाशन बनेपा(काभ्रे) ले २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
पोखरेललाई नेपाली साहित्यको कविता, कथा, निबन्ध र बालसाहित्य विधामा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
स्रष्टा पोखरेलका कथा, कविता, हाँस्यव्यङ्ग्य निबन्ध, बालसाहित्य विधाका नौ कृति प्रकाशित छन् भने उनले प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ लगायत दर्जनौ कृतिको सम्पादन समेत गरेका छन् । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहेका पोखरेल दर्जनौ संघ संस्थासँग आबद्ध छन् ।
यसैगरी सो पुरस्कारबाट कवि सन्ध्या पहाडी (कपिलवस्तु) पनि पुरस्कृत हुने भएकी छन् । नेपाली साहित्यको कविता विधामा लामो समयदेखि दिएको योगदानका लागि पहाडीलाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।
साहित्यकार अमर त्यागीले आफ्ना पिता रणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको स्मृति र सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन् ।
उक्त पुरस्कार आगामी साउन १६ गते बनेपामा विशेष समारोहबीच समर्पण गरिने बताइएको छ ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved