खेलाडी विद्यार्थीलाई सम्मान
विराटनगर / विराटनगर-५ त्रिमुर्तिपथ स्थित किड्स भिलेजको १२ आैं वार्षिक खेलकुद उत्सवको अवसरमा खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई बुधबार पदक, प्रमाणपत्र तथा शिल्डसहित सम्मानित गरिएको छ ।
विद्यालयले वर्षदिनभरी गरिएका अतिरिक्त क्रियाकलाप अन्तर्गत क्रिकेट, फुटबल, भलिबल,दौडलगायत खेलकुदका विभिन्न विधामा कक्षा१ देखि ७ सम्मका उत्कृष्ट भएका विद्यार्थीलाई सम्मानित गरिएको हो ।
उत्कृष्ट विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर बुद्धिबहादुर प्रधान, विद्यालयकाअध्यक्ष मदन खतिवडा, प्राचार्य विजय दाहाल, प्रवन्ध निर्देशक पङ्कज जैन, नवजित प्रधान,आलमगिर रैन, अभिनाष देव, मीना कार्की, सुरेन्द्र थापालगायतले सम्मानित गरेका थिए ।
सो विद्यालयको त्रिमुर्तिपथ खण्डमा हाल ४ सय बढी विद्यार्थी अध्ययनरत छन्।
View : 623
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved