Biratnagar, Morang, Nepal
१४ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी बाढी अपडेट :

आइतबार साँझसम्म ७८८ वटा शव फेला, २ हजार ५०२ जना सम्पर्कविहिन

उद्‌घोष संवाददाता
१४ भदौ २०८३, आइतवार

Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । २ हजार ५०२ जना सम्पर्कविहीन रहेका छन् ।

ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कमा आउन सकेका छैनन् । जलविद्युत् आयोजनाबाट ९३३ जना, नेपाली सेना ४५ जना, नेपाल प्रहरी २५ जना, शसस्त्र प्रहरी १३ जना वेपत्ता रहेका छन् ।

हालसम्म पनि सम्पर्कविहीन विदेशी नागरिक ५५२ जना छन् । भन्सार कार्यालयका कर्मचारी १५, विदेशी पर्यटकसँगै गएका नेपाली १२७ जना पनि सम्पर्कविहिन छन् ।

बाढी प्रभावित जिल्लामध्ये रसुवाका मात्रै ५६२ जना नागरिक वेपत्ता छन् । त्यस्तै नुवाकोटका ११५ जना, मकवानपुरका ६५ जना सम्पर्कमा नरहेको जनाइएको छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्यरत ३ जना र क्वारेन्टाइन कार्यालयबाट ३ जना पनि सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सरकारी दाबी छ ।

नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।

बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० वटा रहेका छन् ।

त्यस्तै, बाढीमा परेका २ हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ । जिल्लागत विवरणअनुसार रसुवामा ७१९, नुवाकोटमा २ हजार २०, धादिङमा तीन जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ ।

बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved